कनेक्टिभिटीको नाममा भूराजनीतिक खेल खेल्दैनौ : चिनियां विदेशमन्त्री वाङ


काठमाण्डु– चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले कनेक्टिभिटीको नाममा भूराजनीतिक खेल नखेल्ने बताएका छन् । दक्षिण एसिया र केन्द्रीय एसियाली मुलुकहरुको एक सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री यीले चीन सबै मुलुकसंगको छलफलको आधारमा अघी बढ्ने धारणा राखे ।

उनले यस क्षेत्रका मुलुकहरुसँग कनेक्टिभिटीको क्षेत्रमा बिआरआई मार्फत साझेदारी गर्न चाहेको खुलासा समेत गरे । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘हामी कनेक्टिभिटीको नाममा भूराजनीतिक खेल खेल्दैन, हामी बरु आपसी समझदारीका साथ अघि बढ्छौ । चीन दक्षिण एसियाली मुलुकहरुसँग हार्ड कनेक्टिभिटी र सफ्ट कनेक्टिभिटीमा काम गर्न तयार छ ।’

नेपालले पनि बेल्ट एण्ड रोडमा हस्ताक्षर गरिसकेको छ । चीनले दक्षिण एसियाली मुलुकहरुसँग बिभिन्न संयन्त्र मार्फत सहकार्य गरिरहेको छ । चिनियां विदेशमन्त्रीले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत केन्द्रीय कनेक्टिभिटीको प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement