चीनबाट थप ८ लाख खोप आज आइपुग्दै


काठमाण्डु – चीनबाट आज थप ८ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । हिजो चीन गएको नेपाल वायु सेवा निगमको बाइडबडी दिउँसो २ बजेर ५ मिनेटमा काठमाण्डुमा अवतरण गर्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज खोप लिएर फर्कन लागेको हो । यसअघि असार २५ गते पनि नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएकोे थियो । खोप ल्याएर जहाज आज पुनः बेइजिङ जाने कार्यतालिका रहेको छ । यससँगै साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ ।

चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चीनबाट भेरोसेल खोप खरीद गरेर ल्याउन लागिएको हो । यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो । चिनबाट ल्याइएको भेरोसेल खोप यस अघि खोप अभियान सञ्चालन नभएको ठाउँमा पठाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement