३० अर्ब नगद र १३ टन सुन सहित चिनियां कम्युनिष्ट पार्टीका नेता पक्राउ


एजेन्सी– चिनियां कम्युनिष्ट पार्टीको हेनान प्रान्तका एक अधिकारीसंग ३० अरब रुपैया घुस लिएको आरोपमा पक्राउ परेका छन् । पार्टीको हेनान प्रान्तअन्तर्गतको हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य रहेका ५८ वर्षीय झाङ क्यूले साढे १३ टन अर्थात १२ हजार २ सय ४६ किलोग्राम सुन र ३० अरब अमेरिकी डलर घूस लिएको खुलासा भएको छ ।

यो प्रकरणले चीनमा सनसनी मच्चिएको छ । भ्रष्टाचार जांचबुझ ब्युरोका अधिकारीहरुले छापा मार्दा ती अधिकारीका घरमा हजारौं सुनका बार र इट्टा भेटिएको थियो ।
उनको खातामा ६ सय ६८ लाख बिलियन युआन अर्थात ३० अरब अमेरिकी डलर बराबर स्रोत नखुलेको रकम भेटिएको छ । उनले भ्रष्टाचार गरेर उक्त सम्पती जम्मा पारेको बताइन्छ । उनको त्यो सम्पत्ति वैध ठहरिने हो भने चिनियां अनलाइन बिजनेश कम्पनी अलिबाबाका पूर्वकार्यकारी अध्यक्ष ज्याकमा भन्दा धनी हुन सक्थे । फोर्स पत्रिकाको चीनका सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका व्यक्तिको ४ अरब अमेरिकी डलर बराबर सम्पत्ति छ । उनी चिनियां कम्युनिष्ट पार्टीको मध्यम तहको नेता हुन् । चीनको भ्रष्टाचार अध्ययन कमिटीले झाङले कानून र अनुशासनको गम्भीर उल्लंघन गरेर सम्पती कमाएको जनाएको छ । उनलाई प्रहरीको हिरासतमा राखिएको छ । त्यसका साथै उनलाई पार्टीका सबै कमिटीबाट निलम्बन गरिएको छ ।

चीनको पूर्वी अन्हुई प्रान्तमा जन्मिएका झाङ सन् १९८३ मा कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए । झाङले चीनको सान्या सहरको उपमेयर र डन्जोको मेयरको रूपमा काम गरिसेकका छन् । चिनियां राष्ट्रपति सी जिनफिङले चीनमा भ्रष्टाचारविरोधी अभियान थालेपछि पक्राउ परेका झाङ १७ औं उच्च अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement