विश्व अर्थतन्त्रको एक तिहाई हिस्सा ओगट्दै चीन–भारत


टोकियो – चीन र भारतको विकासशील बजारले २०६० सम्मको अवधिमा विश्वव्यापी कुल गाह्स्थ्य उत्पादन (जीडीपी) को ३५ प्रतिशत हिस्सा ओगट्ने भएको छ । जापान सेन्टर फर इकोनोमिक रिसर्चकाअनुसार यो अमेरिका र युरोपेली राष्ट्रहरुको झन्डै संयुक्त बराबर नजिक हो ।

टोकियोमा रहेको थिंक ट्यांकले भनेको छ, ‘विश्व अर्थतन्त्रमा चीनको हिस्सा २० प्रतिशत र भारतको १६ प्रतिशत हुनेछ । यो २०१९ को क्रमशः १७ प्रतिशत र ४ प्रतिशतको तुलनामा ठूलो अन्तरले बढी हो ।’

२०३० सम्ममा अमेरिकालाई पछि पार्दाको अवस्थासम्म जीडीपी ¥याङकिङमा चीनको दोस्रो नम्बरको स्थान कायमै रहने प्रक्षेपण गरिएको छ । २०६० मा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको अर्थतन्त्र हुनेछ । उक्त समयमा चीन पुनः दोस्रो स्थानम हुने र अमेरिका पहिलो स्थानमा हुनेछ ।

अमेरिका र युरोपेली अर्थतन्त्रको हिस्सा २०६०मा गत वर्षको ५० प्रतिशतबाट झरेर ३८ प्रतिशतमा सीमित हुने रिपोर्टमा उल्लेख गरिएको छ । युरोपेली राष्ट्रहरुको संयुक्त जीडीपीको अवस्था २०६० मा भारतको भन्दा थोरैले मात्रै माथि हुनेछ । तर उनीहरुको विश्वव्यापी जीडीपीको अनुपात झिनो अन्तरले ओरालो लाग्ने छ ।

यसैबीच २० औं सताब्दीमा एक पटक विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापान सानो हुन र कमजोर खेलाडीको रुपमा देखा पर्नेछ । विश्वव्यापी जीडीपीमा यो मुलुकको हिस्सा गत वर्षको ६ प्रतिशतबाट २०६० मा ३ प्रतिशतमा झर्नेछ ।

विकसित मुलुकको औद्योगिक अवस्थामा पहिलेनै परिवर्तन ल्याउने कारक मानिएको डिजिटलाइजेसनले उदीयमान मुलुकहरुलाई २०६० मा व्यापाक रुपमा प्रभाव पार्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement