भारत र चिनियाँ विदेशमन्त्रीबीच ७५ मिनेट टेलिफोन वार्ता, के भयो कुराकानी ?


एजेन्सी – चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ । दुईदेशबीच सीमा विवाद चर्किरहेका बेला शुक्रबार करिब ७५ मिनेट कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सीमा क्षेत्रमा सैन्य फौज घटाउने र तनाव कम गर्ने विषयमा भएको छलफल भएको जनाएको छ । त्यस्तै पूर्वी लद्धाखको लाइन अफ एक्च्युल कन्ट्रोलबारे र अरू सबै सीमा क्षेत्रबारे पनि छलफल भएको थियो ।

‘बेइजिङले चाहेको जस्तो सामान्यतया सीमा विवाद समान रूपले चल्दैन,’ एक भारतीय वरिष्ठ अधिकारीले भने ।

त्यस्तै दुवै मन्त्रीबीच चिनियाँ राष्ट्रपतिको भारत भ्रमणबारे पनि कुराकानी भएको बताइएको छ । भारतमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी भारत आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement