चिनिया रक्षामन्त्री फेंग नयां दिल्लीमा : सम्बन्ध सुधारको दिशामा चीन-भारत सम्बन्ध 


नयां दिल्ली – भारत र चीनबीचको सम्बन्ध सुधार हुने संकेत देखिएको छ । डोकलाम प्रकरणमा देखिएको विवादपछि दुवै देशको सम्बन्ध बिग्रिएको थियो । गत अप्रिलमा चिनियां राष्ट्रपति सि जिनपिङ्ग र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको उहानमा भएको अनौपचारीक वार्तापछि दुवै देशको सम्बन्ध सुमधुर बन्दै गएको हो ।

पछिल्लो समय चीन र भारतका वीचमा औपचारीक र अनौपचारीक तहका भ्रमणहरुमा समेत निकै वृद्धी भइरहेका छन् । भारत र चीनको बीचमा देखिएको डोकलाम विवादपछि दुवै देशको सम्बन्ध विग्रीएको विश्लेषण चलिरहदा दुवै देशले त्यसलाई भुलेर नयां तरिकाले सम्बन्ध अघि बढाउन खोजेको देखिन्छ ।

चीनमा भएको सांघाई कोअपरेशनको सम्मिटमा समेत मोदी र सिको बीचमा निकै सफल वार्ता भएको बताईन्छ । भारतले पाकिस्तानलाई आतंकबादलाई सघाउने गरेको आरोपको विषय समेत सम्मिटमा विषय प्रवेश नगर्न चीन र रसियाले गरेको आग्रह समेत भारतले स्विकार गरेको बताइन्छ । यसबाट पाकिस्तान र भारतको सम्बन्ध पनि सुमधुर हुने अपेक्षा गरिएको छ ।

भारतले पाकिस्तान हुंदै सड्क संजालमा पहुंच खोजेको छ । त्यसका लागी भारतले पाकिस्तानलाई मनाउन चीनको सहयोग खोजेको देखिन्छ ।  चीन र भारतको सम्बन्ध सुमधुर गर्नको लागी रसियाले समेत मुख्य भुमिका खेलिरहेको छ । अमेरीकाको एसियामा ध्यान केन्द्रित भएपछि चीन,रसिया,भारत र पाकिस्तान एक ठाउमा आउन सक्ने विश्लेषण पनि हुन थालेको छ ।

डोकलाम विवादबाट बाहिर आउन भारत र चीनले कोशिस गर्न थालेका छन् । यसैबीच जापान र भारतको बीचमा फयुल र सैनिक सामाग्री सप्लाई गर्ने र रक्षा क्षमता सुदृढ गर्ने सम्झौता भएको एक दिन अघि चिनिया रक्षामन्त्री वी फेंगे मंगलवार भारतको भ्रमणमा नयां दिल्ली पुगेका छन् ।

उनको भ्रमणका दौरान सिमा विवाद,लामो समयदेखी रोकिएको उच्च सैनिक अधिकारीको हटलाइन सम्पर्क र हैंड इन हैंड नामक बार्षिक द्धिपक्षीय सैन्य अभ्यास फेरी सुरु गर्नेबारे छलफल सुरु भएको छ । डोक्लामा प्रकरणपछि दुवै देशको सैन्य सम्बन्ध निकै खराव विन्दुमा पुगेको थियो ।

चिनियां रक्षामन्त्रीको मंगलवार भारत ओर्लिएसगै पहिलो भेट भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भएको छ । भेटपछि मोदीले भारत र चीनको सम्बन्ध विश्वमा स्थायित्वको एक मुख्य कारक भएको भन्दै दुवै देशबीचको रक्षा र सैन्य आदान प्रदानसहित सबै क्षेत्रमा बढिरहेको उच्च सम्र्पकको प्रशंसा समेत गरेका छन् ।

भेटपछि भारतिय प्रधानमन्त्री मोदीले सिमावर्ती क्षेत्रमा शान्ती कायम राख्ने कुरा परिपक्वताको संकेत भएको भन्दै दुवै छिमेकीले आफना मतभेदको हल गरेको र विवाद अघि बढ्न नदिएको भन्दै सम्बन्ध सुधार गर्ने दिशामा भारत रहेको प्रष्ट संकेत दिएका थिए ।

चिनियां सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले समेत चिनियां रक्षामन्त्रीको भ्रमणलाई उच्च महत्व दिएर समाचार प्रकाशित गरेको छ । उसले रक्षामन्त्री फेंगेको भ्रमणले चीन -भारतको सम्बन्ध सुदृढ हुने र दुई देशका सैन्य नेतृत्वको बीचमा हुने सम्पर्कले दुई देश बीचमा म्युचल पोलिटीकल ट्रष्टको बलियो आधार बन्ने उल्लेख गरेको छ ।

ग्लोबल टाइम्सले डोक्लाम बिवादपछि भएको चिनियां रक्षामन्त्रीको भ्रमणले असमझदारी हल हुने भन्दै चीन र भारतले सिमा बिवाद हल गर्न राजनितिक तहमा संवाद सुरु गर्नु सम्बन्ध सहि दिशामा अघि बढिरहेको रुपमा बुझ्नुपर्ने बताएको छ ।

२४ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै चार दिनको भारत भ्रमणमा रहेका फेंगेंले बुधबार भारतिय समकक्षी निर्मला सीतारमणसंग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा भारत र चीनका सेनाबीच डीजीएमओको बीचमा हटलाइन सम्र्पक,बार्षिक सैन्य अभ्यास र सिमा क्षेत्रमा हुने बिवादलाई हल गर्न अपनाउने उपाय र आपसी विश्वास कायम गर्ने बारेमा छलफल हुने बताइएको छ ।

भारत र चीनको बीचमा रहेको ४ हजार ५७ किलोमिटर सिमामा पछिल्लो समय तनाव समेत कम भएको भारतिय संचार माध्यमले दाबी गरेका छन् । डोक्लाम बिवादको बेला दुई देशको बीचमा सिमा विवाद बढेको थियो । दुवै देशका सेनाले सीमा क्षेत्रमा अतिरिक्त बटालियन,टैंक र मिसाइल युनिट समेत तैनाथ गरेका थिए ।

उनिहरुले पछिल्लो समय लद्दाखदेखी अरुणाचंल प्रदेशसम्मको सीमा क्षेत्रमा आक्रमक पट्रोलिंग भने जारी राखेका छन् । चिनियां राष्ट्रपतिका अति विश्वासिला मानिने जनरल फेंगेको भारत भ्रमणले दुवै देशको समन्ध सुमधुर हुने अपेक्षा गरिएको छ । यदी दुवै देशको सम्बन्ध सुमधुर भए त्यसले क्षेत्रीय शान्ती स्थापनामा योगदान पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement