चीन–भारत सम्बन्धको उतार–चढावलाई तोड्नुपर्छ : चिनियाँ मन्त्री


बेइजिङ – भारत र चीनले आफ्नो मतभेदलाई नियन्त्रित गर्ने प्रयासबाट द्विपक्षिय सम्बन्धमा उतार–चढावको विचित्र चक्रलाई तोड्नु आवश्यक भएको चीनका उप विदेश मन्त्री लुओ झाओहुईले बताएका छन् ।

बेइजिङमा आयोजना भएको चौथो भारत–चीन थिंक ट्यांक फोरममा भनेका छन्, ‘चीन र भारतको एक साथ उदय २१ औं सताब्दीको सर्वाधिक महत्वपूर्ण ऐतिहासिक घटना हो ।’

चिनियाँ विदेश मन्त्रालयकोतर्फबाट जारी बयानमा लुओले भनेका छन्, ‘दुवै देशको मतभेद नियन्त्रण गर्ने तरिकाबाट अगाडि बढेर द्विपक्षिय सम्बन्धमा उतार चढावको विचित्र चक्रलाई तोड्न आवश्यक छ ।’ बयानमा भनिएको छ, ‘आपसी विस्वास मजबुत गर्न आवश्यक छ, मतभेदलाई उचित तरिकाबाट समाधान गर्न आवश्यक छ, साझा विकासको मार्ग खोज्नु पर्छ तथा ठूला विकासशील देश शान्तिपूर्वक बस्न तथा मिलेर विकास गर्ने तरिका खोज्नु आवश्यक छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मादीको २०१५ को मे महिनामा भएको चीन भ्रमणको समयमा थिंक ट्यांक फोरमाको स्थापना भएको थियो । दुवै देशले क्षेत्रिय एवं विश्वव्यापी स्तरमा सहयोग गर्न आवश्यक भएको र एसिलायी सताब्दीलाई साकार गर्नका लागि बहुआयामिक सम्बन्धलाई कायम राख्ने विषयमा दुवै देश सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement