नयां सरकार गठनबारे चीनले दियो शिवरात्रीकै दिन यस्तो सन्देश


काठमाडौं– चीनले नेपालले समयमै तीन वटै चुनाव सम्पन्न गरेकोमा खुसी व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता जेन सुहाङले सोमबारको पत्रकार सम्मेलनमा नेपालले प्रतिनिधिसभा,प्रदेशसभा र स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिएका हुन ।

उनले पत्रकार सम्मेलनमा नेपालमा अब राजनीतिक स्थायीत्व हुने भन्दै निकट भविष्यमा आर्थीक विकासको चरण सुरु हुने आशा पनि व्यक्त गरेका छन् ।

उनले नेपाली जनताको चाहनालाई चीनले जहिले सम्मान गरेको दाबी गर्दै सुहाङले नेपालका राजनीतिक दलहरु आपसमा मिलेर जानुपर्ने धारणा समेत राखेका छन् । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सुहाङले सबै मिलेर नयां सरकार गठन गर्न नेपालका दलहरु सक्षम हुनेछन् भन्ने चीनको आशा र विश्वास रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement