काठमाण्डु– चीनले विपद्प्रभावित नेपालका लागि थप राहत सामग्री पठाउने तयारी गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार दोस्रो चरणमा मंगलबार राहत सामग्री पठाउने तयारी गरेको हाे ।
सहयोगमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश व्यवस्थापनका सामग्रीलगायत अत्यावश्यक राहत सामग्री समावेश छन्।
चीनका डीएनए पहिचान विशेषज्ञहरू नेपाल आएर नेपाली विज्ञ तथा उद्धार टोलीसँग सहकार्य गर्ने पनि उनले जानकारी दिए।
विपद्प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनु र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्नु चीनको महत्त्वपूर्ण राजनीतिक निर्णय रहेको बताउँदै गुओले यसले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे।




प्रतिक्रिया