चिनिया पक्ष्ँसंग केरुङमा सहमती जुटेपछि सोमबारवाट आयात सहज हुने


काठमाण्डौ– चीनिया पक्षले भन्सार क्लियरेन्स बढाएपछि रसुवाबाट ठप्प रहेको आयात भोलीबाट सुचारु हुने भएको छ ।  तातोपानी नाका बन्द भएपछि नेपाली व्यवसायीहरले पछिल्लो समय केरुङवाट सामान आयात गर्दै आएका थिए । चिनिया भन्सार एजेण्टले भन्सार क्लियरेन्स शुल्क अप्रत्याशित रुपमा तीनगुणा बढाएपछि नेपाली व्यवयासीहरुले सामान उठाएका थिएनन् ।

 

यसअघी चिनिया भन्सार एजेन्टहरुले भन्सार क्लियरेन्स शुल्कवाफत सानो कण्टेनरको १ हजार र ठुलो कण्टेनरको  १५ सय आरएमबी लिने गरेपनि पछिल्लो समय बढाएर ५ हजार आरएमबी पुरयाएका  थिए । सरकारले व्यवसायीको समस्या समाधानमा चासो नदिएको भन्दै उनिहरुले सरकारको आलोचना गरेपछि सरकारले वार्ताको पहल गरेको थियो ।

 

क्लियरेन्स शुल्क बढाएपछि नेपाली व्यवसायीहरुले सामान नउठाएपछि  चीनतर्फको नाका दुई हप्तादेखी ठप्प थियो । रसुवा भन्सार कार्यालय प्रमुख केदार पनेरुकाअनुसार नेपालका आयातकर्ता,चीनिया भन्सार एजेण्ट र भन्सार प्रतिनिधीको छलफलपछि अव एक हजार आरएमबी मात्रै बढाउने सहमती भएको छ । सहमतीपछि सोमबारबाट आयात सुचारु पनेरुले बताए ।

पछिल्लो समय नेपालले रसुवा नाकावाट लत्ताकपडा, जुत्ताचप्पल,स्याउ, विद्युतीय सामग्री र फेन्सी सामग्री ठुलो पणिाममा आयात गर्दै आएको छ ।  नेपाली व्यवसायीहरुले दशै तिहारलाई लक्षित गरेर ठुलो परिणाममा सामाग्री आयात गरेपनि हाल भन्सार क्लियरेन्स शुल्कको विवादले करिव ४ सय ५० भन्दा बढी ट्रक चीन पट्टी नाकामा थन्केर बसेका छन् ।

चीनीया पक्षसंगको सहमतिपछि सोमवारबाट सामाग्री आयातमा सहजता हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement