चीनले लगायो बालबालिकालाई गेम खेल्न प्रतिबन्ध


एजेन्सी – चीनले बालबालिकाहरुलाई अनलाइन गेम खेल्न प्रतिबन्ध लगाएको छ । १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई गेम खेल्नमा प्रतिबन्ध लगाइएको हो ।

उनीहरुलाई १० बजेदेखि ८ बजे सम्म गेम खेल्न प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ । चीनले भिडियो गेमको लतलाई हटाउन र बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर यो नियम ल्याएको हो । चीन विश्वकै सबैभन्दा ठूलो गेमिङ्ग मार्केटका रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement