चीनको विरोधका बावजूत ताइपेई पुगिन् अमेरिकी सभामुख पेलोसी


एजेन्सी – चीनको चर्को विरोधका बावजुत अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् ।

पेलोसी अमेरिकी सेनाको यूएस सी ४० विमानमा मलेसियाबाट सिधै ताइवानको सोङसान मिानस्थलमा अवतरण गरेकी हुन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमान उनको सुरक्षामा खटाइएको थियो ।

पेलोसी सोमबार सिंगापुर पुगेकी थिईन । उनको ताइवान भ्रमणले दुवै मुलुकबीचको सम्बन्धमा थप तनाव थपेको छ । चीनले उनको भ्रमणप्रति कडा विरोध जनाएको छ ।

उनले ताइवान भ्रमणको क्रममा राष्ट्रपति साइ सिङलाई भेट्ने कार्यक्रम छ । बेइजिङले ताइवान भ्रमण नगर्न चेतावनी दिंदा समेत पेलोसीको ताइवान भ्रमण भएको हो ।

उनले ताइवान अवतरण गर्ने वित्तिकै सवा दुई करोड ताइवानीको लागि अमेरिकाको ऐक्यबद्धता अहिले सबैभन्दा महत्वपूर्ण भएको बताईन । उनले ताइवानको लोकतन्त्रलाई सघाउने अमेरिकाको अटूट प्रतिबद्धताको सम्मान गरेको धारणा समेत राखिन् ।

पेलोसीले जारी गरेको वक्तव्यमा ताइवानी नेतृत्वसंगको छलफल दुई मुलुकका साझा हितको प्रर्वद्धनमा केन्द्रित हुने बताइएको छ । चिनियां संचारमाध्यमहरुले पेलोसी उत्रेकै सयमा चिनियां सेनाको एसयू ३५ लडाकु विमानले ताइवान जलसन्धि पार गरेको जनाएका छन् ।

त्यसका साथै चिनियां जनमुक्ति सेनाले ताइवानलाई घेर्ने गरी ६ ठाउंमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । उक्त सैन्य अभ्यास अगस्ट ४ देखि ६ सम्म हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement