इराकी राष्ट्रपतिलाई बधाई दिँदै सीले भने– सहकार्यका लागि चीन तत्पर छ


एजेन्सी – चिनियाँ राष्ट्रपति सि चिनफिङले इराकको नवनिर्वाचित राष्ट्रपति अब्दुल लातिफ रसिदलाई बधाई दिएका छन् ।

बिहीबार भएको निर्वाचनमा इराकी राष्ट्रपतिमा रसिद निर्वाचित भएपछि शनिबार चिनियाँ राष्ट्रपति चिनफिङले बधाई दिएका हुन् ।

राष्ट्रपति चिनफिङले चीन र इराकका बीचमा विगत लामो समयदेखि आपसी सम्बन्धका साथै पारस्परिक सम्बन्धको विकास हुदै आएको र आगामी दिनमा पनि दुइ देशका विचको सम्बन्धलाई थप अगाडि बढाइने बताएका छन् ।

राष्ट्रपति चिनिफिङले चीन इराकका नव नियुक्त राष्ट्रपतिसँग मिलेर काम गर्न चीन तयार रहेको बताएका छन् । उनले सन्देशमा आगामी दिनमा चीन र इराकबीच मिलेर काम गर्ने र दुई देशको आपसी हितका क्षेत्रमा समझदारीका लागि सहकार्यका साथ अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement