ट्वीटरमा फलोअर्स बढाउन राजदूत यान्छीको गज्जवको काइदा, रिट्वीट र कमेन्ट गर्नेलाई फ्रि टिकट !


काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटर ह्याण्डलमा फलोअर्स बढाउन गज्जवको काइदा रचेकी छन् ।

हाल साँढे ९ हजारबढी फलोअर्स भएकी राजदूत यान्छीले मंगलबार बिहान एक ट्वीट गर्दै उनले आफ्नो ट्वीटलाई रिट्वीट र कमेन्ट गरे चिनियाँ चलचित्र महोत्सवको टिकट दिने बताएकी छन् ।

जसमा उनले उक्त ट्वीटलाई रिट्वीट गर्ने, कमेन्ट गर्ने मध्येबाट ५ जनालाई चिनियाँ चलचित्र महोत्सवको २–२ वटा टिकट दिने घोषणा गरेकी हुन् । चिनियाँ चलचित्र महोत्सवको उद्घाटन समारोह २७ डिसेम्बरमा काठमाडौंमा हुँदैछ ।

उनले लेखेकी छन्, ‘मलाई फलो गर्नुहोस्, यो पोस्ट रिट्वीट गर्नुहोस्, एकजना साथीलाई ट्याग गरी कमेन्ट गर्नुहोस् ।’ यसका लागि उनले २६ डिसेम्बर राति १२ बजेसम्मको समय दिएकी छिन् ।

धेरै लाइकका आधारमा टप ५ जनालाई २–२ वटा चलचित्र महोत्सव उद्घाटन समारोहको टिकट दिने घोषणा यान्छीले गरेकी छन् । २७ डिसेम्बरमा काठमाडौंबाट सुरु हुने चिनियाँ चलचित्र महोत्सव काठमाडौं, पोखरा , लुम्बिनीमा गरी ८ जनवरीसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement