चीन स्थापना दिवस :सीले भने,‘संसारको कुनै शक्तिले पनि चीनको प्रगतीलाई रोक्न सक्दैन’


एजेन्सी – जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा चीनमा भव्य वार्षिकोत्सव समारोह आयोजना भएको छ। रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएपछि सन् १९४९ अक्टोबर १ तारिखमा माओत्सेतुङले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए।

त्यसयता आधुनिक चीनले असाधारण गतिले विकास गरेको छ। तर यो विश्वका धेरै अवरोधहरू भएका मुलुकमध्ये एउटा हो।चीनको राजधानी बेइजिङमा हालसम्मकै विशाल सैन्य परेड भइरहेको छ। एउटा छोटो उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी जिन्पिङले भने, “कुनै पनि शक्तिले चिनियाँ र राष्ट्र (चीन)लाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन।“ ट्याङ्क, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्यबेइजिङको तियानआन्मेन स्क्वाएरमा भेला भएका छन्।

सेनको परेडको अलवा चीनमा यतिबेला आम मानिसहरुले पनि खुशीयाली मनाइरहेका छन्। सर्वसाधारण, बालबच्चादेखि सबै क्षेत्रका मानिसहरुले उत्सव मनाइरहेका छन्। तिएनमेन स्क्वायरमा माओत्सेतुङको विशाल तस्बिर राखिएको छ। ‘कम्युनिस्ट पार्टी बिना चीन रहँदैन’ भन्ने नारा लगाइएको छ। सेनाले ब्यालेस्टिक क्षेप्यास्त्र, ट्यांक, ड्रोनसहित अत्याधुनिक हतियारसहित शक्ति प्रदर्शन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
Advertisement