चीनमा थ्री चाइल्ड पोलिसी लागू, एक दम्पतिले ३ सन्तान जन्माउन पाउने

चीनमा थ्री चाइल्ड पोलिसी लागू, एक दम्पतिले ३ सन्तान जन्माउन पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनले थ्री चाइल्ड पोलिसी लागू गरेको छ । थ्री चाइल्ड पोलिसीलाई चीन सरकारले शुक्रबार मान्यता दिएसँगै अब चीनमा एक दम्पतिले तीन सन्तान जन्माउन पाउने भएका छन् ।

जन्मदरमा कमी आएपछि सरकारले यस्तो नियम ल्याएको हो । साथै, सरकारले नागरिकलाई बच्चा जन्माउन प्रेरित गर्न आर्थिक सहायता पनि दिने भएको छ । बच्चाको शिक्षा, दिक्षा, पालन र पोषणको बोझ अभिभावकलाई पर्न नदिन सरकारले मद्दतस्वरुप आर्थिक सहयोग गर्ने भएको हो ।

वान चाइल्ड पोलिसी लागू भएको तीन दशकमा चीनले ४० करोड जनसंख्यालाई रोक्न सफल भएको छ । चीनमा १० वर्षमा एकपटक जनगणना हुने गरेको छ ।