कोरोना भाइरसविरुद्धको खोप यसै वर्ष वजारमा आउने, परीक्षण सफल भएका चीनको दावी

कोरोना भाइरसविरुद्धको खोप यसै वर्ष वजारमा आउने, परीक्षण सफल भएका चीनको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वेइजिङ – चीनले कोरोना भाइरसविरुद्धको खोप निर्माण गरेको दावी गरेको छ । चीनको मन्त्रीपरिषद्संग जोडिएको सरकारी निकाय स्टेट काउन्सिलले हाल विकास भइरहेको कोरोना भाइरसविरूद्धको खोप यस वर्षको अन्त्यसम्म बजारमा आउने जानकारी दिएको छ ।

वुहान वायोलिजिकल प्रोडक्टस् रिसर्च इन्स्टिच्यूट र बेइजिङ प्रोडक्ट्स रिसर्च इन्स्टिच्यूटले संयूक्त रूपमा विकास गरिरहेको यो खोपको चिकित्सकीय तथा मानवीय परीक्षणको दुई चरण पूरा भइसकेको छ । खोप वजारमा आउनुअघि तेस्रो चरणको परिक्षण गरिनेछ । २९ मे मा चिनियां सोसल मिडिया प्लेटफर्म वीचैटमा पोष्ट भएको जानकारीअनुसार भ्याक्सिन यो वर्षको अन्त वा अर्को सालको सुरुवातमै वजारमा आउनेछ ।

दुबै संस्थाहरू चीनको सरकारी स्वामित्वमा रहेको औषधि निर्माण कम्पनी ’सिनोफार्म’संग सम्बन्धित छन्। २ हजार बढी मानिसमा पहिलो दुई चरणको परीक्षण सम्पन्न भइसकेको चिनियां संचारमाध्यमहरुले जनाएका छन् । दुई चरणबाट प्राप्त तथ्याकंले अन्य खोपको भन्दा सुरक्षा र असरका हिसाबले अझ राम्रो छ।

हाल विश्वभर सय भन्दा बढी खोपको विकास भइरहेको छ र चीनमा मात्रै ५ वटा कोरोना खोपको परीक्षण र विकास चलिरहेको छ ।