सेनालाई तयारी अवस्थामा रहन चिनियां राष्ट्रपति सी को निर्देशन


वेइजिङ – चिनियां राष्ट्रपति सी जिनफिंगले सेना र सुरक्षा बललाई तयारी हालतमा रहन निर्देशन दिएका छन् । भारत चीनबीच सीमा क्षेत्रमा तनाव वढिरहेका बेला उनले सेनालाई मजबूत बनाउनको लागी सैन्य व्यवस्थापनमा सुधार तथा तालिमको गतिविधी बढाउन निर्देशन दिएका हुन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाकाअनुसार सशस्त्र बललाई सेनाका सर्वोच्च कमाण्डर समेत सीले कान्र्फेन्समार्फत रणनीतिक प्रशिक्षण दिंदै महत्वपूर्ण निर्देशन दिएका छन् । उनले प्रशिक्षणमा सेना र सुरक्षा बलको आधुनिकीकरणमा जोड दिएका हुन् ।

भारत र चीनबीच वास्तविक नियन्त्रण रेखामा तनाव जारी रहेको वेला चिनियां राष्ट्रपति सीको भनाई सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भारतिय संचारमाध्यमले भने यसलाई चीनले युद्धको तयारी गरिरहेको रुपमा व्याख्या गरेका छन् ।

उनले सशस्त्र बलको लागी १३ औं पंचवर्षीय योजना पुरै लागु गर्न तथा सैन्य विकासको लागी १४ औं पंचवर्षीय योजनाको रुपरेखालाई अघि बढाउन आवश्यक भएको बताएको सिन्ह्वाले जनाएको छ ।

चीनले यो वर्ष रक्षा बजेट बढाउने निर्णय गरेको थियो । अघिल्लो वर्ष १७७ अरब डलरको रक्षा बजेट रहेको चीनको यो वर्ष १७९ अरब डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement