चिनियाँ राजदूत यान्छीले गाइन् ‘रेशम फिरिरि’


काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छिन् ।सामाजिक सञ्जालमा गीत गाएको भिडियो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् ।’

गत वर्ष फागुनमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चिनियाँ दूतावासले आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा राजदूत यान्छी नेपाली गीतमा नाचेकी थिइन् ।

यस्तै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले पनि दसैँको  शुभकामना दिएका छन् । केही दिनअघि उनले दसैँका बेला विशेष रुपमा खाइने नेपाली परिकार खसीको मासु बनाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं। Have a blessed & cheerful Dashain, everyone! Please stay home & safe!🙏

Here’re my memories of Dashain in 2008-19! pic.twitter.com/hVaHNJAupK

— Ambassador Randy Berry (@USAmbNepal) October 26, 2020

 

प्रतिक्रिया दिनुहोस
Advertisement