चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ अधिवेशनः सी जिनपिङ तेस्रो पाँच वर्षे कार्यकालको तयारीमा


बेइजिङ – चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले तेस्रोपटक पनि पार्टी नेताको पाँच वर्षे कार्यकाल सी जिनपिङलाई नै हस्तान्तरण गर्ने अनुमान गरिएको छ। उनी सन् १९७० को दशकका नेता माओत्सेदोङ पछि सम्भवतः सबैभन्दा शक्तिशाली चिनियाँ नेता हुन्।

सन् २०१८ मा दुईपटक मात्र पदमा रहन पाइने त्यसअघिको नियम खारेज गरिएपछि हुने त्यस्तो निर्णयले चीनमाथिको उनको पकडलाई थप बलियो बनाइदिनेछ। ६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा उनको पकड अझ बलियो हुनेछ ।

बेइजिङमा शुरु भएकाे चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकाल दिने अनुमान गरिएको हाे ।

हाल सी जिनपिङले तीनवटा उच्च पद सम्हालिरहेका छन् । महासचिवका रूपमा उनी चीनको कम्युनिस्ट पार्टीको प्रमुख हुन् भने राष्ट्रपतिको रूपमा उनी राष्ट्रप्रमुख हुन् । त्यसैगरी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षको रूपमा उनले देशको सशस्त्र फौजको नेतृत्व गर्छन् । उनलाई चीनको सर्वोच्च नेता पनि भनिन्छ ।

सी अधिवेशनमा पार्टी महासचिव तथा केन्द्रीय सैन्य आयोगको अध्यक्ष र अर्को वर्ष हुने वार्षिक राष्ट्रिय जनकंग्रेसको बैठकमा अध्यक्ष हुने सम्भावना रहेको बिबिसीले जनाएको छ । आइतबारदेखि जारी महाअधिवेशनमा करिब २३ सय प्रतिनिधिमण्डल ताइनामेन स्क्वायरको ग्रेट हल अफ पिपुल्समा एक सातासम्मका लागि भेला भएका छन् ।

उनीहरूमध्ये २०५ जनालाई पार्टीको स्थायी समितिमा छनोट गरिनेछ भने करिब १७० जना वैकल्पिक सदस्यमा छनोट हुनेछन् । केन्द्रीय समितिले २५ जनालाई पार्टीको पोलिटब्युरोमा निर्वाचित गर्नेछन् ।

पोलिटब्युुरोले स्थायी समितिका सदस्य नियुक्त गर्नेछ । स्थायी समितिमा अहिले पार्टी महासचिव सी जिनपिङसहित सातजना सदस्य छन् । उनीहरू सबै पुरुष हुन् । सबै कार्य पार्टी अधिवेशनमा हुँदैन । महाधिवेशन सकिएको भोलिपल्ट केन्द्रीय समितिको बैठक बस्नेछ ।

सी जिनपिङले संसारको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा ठूलो मध्येमा पर्ने सेनाको नेतृत्व गर्नेछन्।केही विश्लेषकहरूको भनाइमा उनले आफ्नो तेस्रो पाँच वर्षे कार्यकालमा चीनलाई अझ बढी सर्वसत्तावादी राजनीतिक अडान तर्फ धकेलेर लैजाने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
Advertisement