चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि झकिझकाउ काठमाडाैं (फोटो फिचर)


काठमाडौं – २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको छ ।

ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । ठाउँठाउँमा चिनियाँ राष्ट्रपति सी चीनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर समेत राखिएका छन् ।

मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाइएको छ । चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौंका सडक झकिझकाउ पारिएका छन् ।  चिनियाँ राष्ट्रपति शनिबार नेपाल आइपुग्दैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सीले शनिबार र आइतबार नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम रहेकाे छ ।

यतिबेला त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, गौशाला, केशरमहल, दरबारमार्ग, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, कालीमाटी, सोल्टीमोडलगायत क्षेत्रका सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement