चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा एकजना महिला अटाएनन्


काठमाण्डु – चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा यो पटक कुनै महिला छानिएन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान थिइन् । तर उनी यसपटक अवकासमा गएपछि कुनै पनि महिला पोलिटब्युरोमा समेटिएनन् । यसैबीच सी चिनफिङ अर्को कार्यकालका लागि पति चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चुनिनुएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएका हुन् ।

सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका दुई सय तीन सदस्य र एक सय ६८ वैकल्पिक सदस्य सहभागी थिए। एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक आयोजना हुने राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement