लद्दाखमा पक्राउ परेका चिनियाँ सैनिक फिर्ता


एजेन्सी – भारतले लद्दामा पक्राउ परेका चिनियाँ सैनिक फिर्ता गरेको छ । सीमा पार गरेर आएका चिनियाँ सैनिकलाई चीनको जिम्मा लगाएको भारतीय सेनाका अधिकारीहरूले बताएका छन् ।

भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका चिनियाँ सैनिकलाई मेडिकल सुविधा र अक्सिजन दिएर राखिएको बताएको छ । ती सैनिकलाई हालको प्रोटोकल अन्तर्गत चीनलाई जिम्मा लगाइएको हो ।

सोमबार भारतले पीपुल्स लिबरेशन आर्मीका एक सिपाही पूर्वी लद्दाखको डेमचोक क्षेत्रबाट भारत प्रवेश गरेको खबर सार्वजनिक गरेको थियो । वाङ्ग या लोङ्ग भारत आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement