चिनियां प्रहरीको चस्मामै अपराधीको विवरण सेट !


बेइजिङ-  चीनको हेनान प्रान्तको राजधानी सहर जेन्झोउको रेलवेमा काम गर्ने प्रहरीहरुले मानिसहरुको अनुहार पहिचान गर्नसक्ने चस्माको प्रयोग गर्ने गरेका छन् ।

प्रहरीहरुले लगाउने चस्मा वास्तविक ‘गुगल ग्लास’ जस्तै देखिन्छ । जुन यस वर्षको सुरुवातमा सार्वजनिक गरिएको हो । यसले अहिलेसम्म विभिन्न अपराधमा संलग्न रहेका आरोपीहरु पत्ता लगइसकेको छ ।

यस किसिमको चस्माहरुले आपराधिक विवरणहरुको आधारमा काम गर्छ । यद्यपि अहिलेसम्म कति टाढासम्म यसले काम गर्छ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । यो चस्मा निर्माता कम्पनीका सीईओले भने परीक्षणको क्रममा यो चस्माले एक मिलिसेकेण्डमा १० हजार विवरणहरुको अध्ययन गरी नतिजा दिएको बताएका छन् । यसअघि मानिसहरुको भीडमा छिरेर बच्ने गरेका आरोपीहरुका लागि भने यो निकै प्रभावकारी सिद्ध भएको बताइएको छ ।

साथै गलत विवरणहरुको प्रयोग गरी यात्रा गर्ने मानिहरु पनि यसको फन्दामा परेको अधिकारीहरुले बताएका छन् । पछिल्लो समय चीनका उच्च गतिका रेलहरु अत्यधिक घाटामा गएसँगै प्रहरीहरुले नक्कली विवरणहरुको आधारमा यात्रा गर्ने मानिसहरुलाई कारबाही सुुरु गरेको हो ।

चीनमा प्रहरीहरुले पहिलोपटक यस किसिमको प्रविधिभको प्रयोग गरी अवैध तरिकाबाट यात्रा गर्ने मानिसहरुलाई पक्राउ गर्ने प्रक्रिया सुरु गरेको हो । अहिले चीन यो प्रविधिको विस्तार तीव्र गतिमा गर्ने योजनामा अघि बढिरहेको छ । प्रत्येक तीन सेकेण्डको अवधिमा एक अर्ब ३० करोड मानिसहरु पहिचान गर्नसक्ने प्रविधिको विस्तार गर्ने तयारीमा रहेको छ ।

यस किसिमको प्रविधिको विषयमा मानवअधिकारवादीहरुले विरोध गरेका छन् । उनीहरुका अनुसार यस किसिमको प्रविधिको प्रयोगले चिनियाँ नागरिकहरुको गोपनीयताको अधिकार कुण्ठित हुन्छ । यस किसिमको चस्मा चीनमा नयाँ वर्षको एक साताअघि मात्र आइपुगेको हो । फेब्रुअरी १ देखि मार्च १२ सम्मको अवधिमा चीनमा ३८ करोड ९० लाख रेलयात्रा हुने भएकोले यस किसिमको प्रविधिको प्रयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement