चिनियां राष्ट्रपतिलाई भारतमा मोदी र नेपालमा भण्डारीले स्वागत गर्ने


काठमाडौं– चिनियां राष्ट्रपति सी चिनफिङलाई भारत भ्रमणको क्रममा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने टुंगो लागेको छ । चिनियां राष्ट्रपतिलाई भारतिय प्रधानमन्त्रीले असोज २४ मा भारतको तटीय शहर ममल्लिपुरममा स्वागत गर्नेछन् भने असोज २५ मा राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ ।

चिनियां राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री ओली समेत विमानस्थल जाने तयारी छ ।

चिनियां राष्ट्रपतिको नेपाल भ्रमणको मिति सबैभन्दा पहिलो काठमाडौंपाटीले खुलासा गरेको थियो । चिनियां राष्ट्रपतिले भारतको भ्रमण सकेर चेन्नइबाट सिंधै काठमाडौं अवतरण गर्ने कार्यक्रम छ ।

चीनबाट २३ वर्षपछि हुन लागेको चिनियां राष्ट्रपतिको भ्रमण भव्य बनाउन सरकारले तयारी तिव्र पारेको छ । चिनिया.राष्ट्रपति सीले एक रात काठमाडौको होटल सोल्टीमा बिताउंनेछन् भने भोलीपल्ट चीन जाने कार्यक्रम छ ।

 

नेपाल र भारतलाई समान महत्व दिँदै चिनियाँ राष्ट्रपति, नेपाल भ्रमणको मिति तय

राष्ट्रपति सीको नेपाल भ्रमण :उडान तथा सुरक्षासम्बन्धी पूर्वअभ्यास गरेर बोइङ ७४७ चीन फर्कियो

प्रतिक्रिया दिनुहोस
Advertisement