कोभिड १९ सन्दर्भमा अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले कुनै कसर बाँकी राख्दैन : राष्ट्रपति सी

कोभिड १९ सन्दर्भमा अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले कुनै कसर बाँकी राख्दैन : राष्ट्रपति सी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनियाँ राष्ट्रपति सी जिन पीङले कोभिड–१९ माथि राजनीति गर्न नहुने बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका १६० मुलुकका राजनीतिक दलको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोभिड १९ को समाधान गर्नका लागि राजनीति गर्न नहुने बताएका हुन् ।

उनले कोभिड १९ सन्दर्भमा अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले कुनै कसर बाँकी नराख्ने भन्दै खोपमा रहेको विभेद अन्त्य गर्नुपर्ने बताए । साथै उनले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताए ।

उक्त भर्चुअल कार्यक्रममा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागी छन् ।