चिनियां राजदूतको सक्रियता : देउवा,दाहाल र नेपालसंग भेट,ओलीसंग पनि भेट्ने


काठमाण्डु– नेपालका लागि चिनियां राजदूतले होउ यान्छी फेरी सक्रिय भएकी छन् । उनले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेकी थिईन । यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर नेपाललाई अनुदान सहयोगमा थप १६ लाख डोज कोरोनाको खोप दिने दिने घोषणा गर्दै शुभकामना दिएर फर्केकी थिईन । उनले देउवापछि एमाले नेता माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेकी थिईन ।

पछिल्लो समय त्यत्ति सक्रिय नदेखिएकी चिनियां राजदूत यान्छीले शुक्रवार प्रमुख पार्टीका तीन ठुला नेताहरुसंग भेटघाट गर्नुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ ।

यसअघि उनले प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भने भेटघाटका लागी प्रयास गरेपनि उनलाई सयम नदिइएको बताइएको छ । ओली नेतृत्वको सरकार ढलेसंगै उनको सक्रियता बढेको हो ।

यान्छीले ओलीसंग नभेटेपनि राष्ट्रपति विद्यादेवी भण्डारीसंग भने नियमित संवादमा रहेको स्रोतको दावी छ । उनले केही दिनमा नै ओलीसंग भेटघाटको लागी समय मागिसकेको बताइएको छ ।

नेकपा विभाजनपछि चिनियां राजदूतले एकैदिन नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गरेकी हुन । दाहाललाई भेट्न उनि विहान १० बजे खुमलटार पुगेकी थिईन । त्यहां उनले एक घण्टा छलफल गरेकी थिईन ।

नेपालसंग उनले एमालेभित्रको विवाद र विवाद समाधानका लागी भइरहेको प्रयासका बारेमा चांसो राखेको स्रोतको दावी छ । त्यसैगरी दाहालसंग नयां सरकार गठन,विश्वासको मत र आउंदो चुनावमा कम्युनिष्ट पार्टीहरुबीच हुन सक्ने सहकार्यलगायतका विषयमा जिज्ञासा राखेकी थिईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement