चिनियां राजदूतसंग गृहमन्त्रीले भने – एक चीन नीतिप्रति प्रतिवद्ध छौं


काठमाण्डु –  गृहमन्त्री बालकृष्ण खाणं र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सरकारले बिहीबार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकै भोलिपल्ट चिनियां राजदूतले गृहमन्त्री खांडसंग भेटवार्ता गरेकी हुन् ।

उनले सरकारले निर्वाचन घोषणा गरेकोमा खुसी व्यक्त गर्दैै आवश्यक पर्ने सहयोग गर्न चीन तयार रहेको बताईन् । गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटवार्ता द्धिपक्षिय सम्बन्धलाई थप मजबूत बनाउने विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री खाणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको भन्दै नेपाल एक चीन नीतिको पक्षमा अडिक रहेको धारणा राखे ।

उनले नेपालको भूमि प्रयोग गरेर छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement