भारतीय विदेशमन्त्री आएकै दिन चीनबाट आउन लागेको टोलीको नेपाल भ्रमण रोकिने !


काठमाण्डु – भारतीय विदेशमन्त्री एस जयशंकर आउने दिन नै चीनबाट समेत उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउने भएको छ । चिनको यूनान प्रान्तबाट चिनियां कम्युनिष्ट पार्टी(सीपीसी) का डेपुटी सेक्रेटरी सी युगाङको नेतृत्वमा चिनियां प्रतिनिधी मण्डल आगामी बिहीबार नेपाल भ्रमणमा आउन लागेको हो ।

भारतीय विदेशमन्त्री जयशंकर आएकै दिन चीनबाट समेत पाहुना नेपाल अवतरण गर्न लागेको भन्दै भारतिय पक्षले त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहालसंग असन्तुष्टि जनाएको स्रोत बताउंछ ।

भारतिय विदेश मन्त्रीको भ्रमण निकै अघि तय भएपनि त्यही बेला चिनियां नेताको भ्रमण राखेको भन्दै भारतिय पक्षले असन्तुष्टि व्यक्त गरेको स्रोत बताउंछ । चीनको युनान प्रान्तबाट चीनले नेपाल मामिलामा चांसो राख्दै आएको छ ।

चिनियां प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र पर्यटनमन्त्री सुदन किरातीलगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतिय पक्षको दबावपछि चिनियां नेताको भ्रमण तत्काललाई रोक्न सरकारले चिनियां पक्षसंग आग्रह गरेको बताइएको छ । त्यसबारेमा अहिले परराष्ट्रमन्त्रालयको टिमले चिनियां पक्षसंग छलफल गरिरहेको छ ।

जयशंकर नेपाल भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन नेपालको दूई दिने भ्रमणमा काठमाण्डु आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement