एन्टी रेडियसन चिप्स नेपाली बजारमा


काठमाडौ– इन्भाइरो चिप्स ब्राण्ड अन्तर्गत रेडियसन प्युरिफायर चिप्स नेपाली बजारमा आएको छ।

मोवाइल, ल्यापटप, कम्प्युटर, राउटर आदिबाट आउने खतरनाक विकिरणको प्रकृती बदलेर प्रयोगकर्तालाई सुरक्षित र स्वस्थ्य बनाउन सहयोग गर्ने यो चिप्स नृपाली बजारमा आएको हो। । यस चिप्सले विद्युतीय उपकरणहरुको सिग्नलर परफरमेन्सलाई असर नगरी विद्युतीय विकिरणहरुलाई शुद्धिकरण गर्ने गरेको कम्पनीले जनाएको छ।

इन्भाइरो चिप्सको परिक्षण भारतको प्रतिष्ठित चिकित्सक संस्थाम्याक्स हेल्थ केयर नयाँदिल्ली र यूके को डि.बी. टेक्नोलोजी प्रयोगशालामा भएको थियो।

इन्भाइरो चिप्सलाई हालसालै सिंगापुरको ग्रिनबिल्डिङ काउन्सिलले प्रमाणित गरेको छ ।

यस चिप्स सम्बन्धीपाँच सय भन्दा बढि व्यक्तिहरुमा गरेको अनुसन्धानले इन्भाइरोचिपको प्रयोग गरेपछि उनीहरुको तनावको स्तर पाँचप्रतिशतले कमभएको रपल्स रेट र इमुनिटि पावर राम्रो भएको देखाएको बताइएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा सिनर्जी इनभाइरो निक्स्का निर्देशक प्रणव पोद्दारले भने, ‘हामी वास्तवमा नेपाली बजारमा प्रवेश गर्ने उत्साहित छौ । विगत तीन वर्षदेखि भारतमा हाम्रो ग्राहकहरुबाट सफल र ठूलो प्रतिक्रिया प्राप्त गरिसकेका छौ ।’

उनका अनुसार सेलफोन, ल्यापटप, जस्तै अन्य इलेक्ट्रोनिक उपकरणहरुमा यो चिप्स प्रयोग गर्न सकिन्छ। इनभाइरोचिपलाई बज्र यूनिभर्सल प्रालीले नेपाली वजारमा उपलब्ध गराएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement