चितवन-२ को मतगणना सुरु, को छिर्ला संसद ?


काठमाण्डु- चितवन २ को मतगणना सोमबार दिउँसो २ बजेदेखि सुरु भएको छ।

त्यहाँ एक घण्टा ढिलो गरेर मतगणना सुरु भएको हो। यस क्षेत्रमा रास्वपाका रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवारबीच कडा प्रतिस्पर्धामा छन् ।

आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement