रास्वपाले माफी मागेपछि चितवनमा रोकिएको मतदान सुरु


काठमाण्डु- चितवन २ मा रोकिएको मतदान सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर माफी मोपछि रोकिएको मतदान पुनः सुरु भएको हो ।

मतदान रोकिएपछि बसेको सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा सहमति जुटेपछि पुन मतदान भइरहेको छ । भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा रास्वपाका कार्यकर्ताले उपनिर्वाचनको मतदान चलिरहेका बेला आचारसंहिता उलंघन गर्दै कार्यक्रम सञ्चालन गरेको आरोप एमालेलगायतका दलले गरेका थिए । अहिले नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।

चितवन २ को उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement