चितवन-२ मा दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने सहमति


चितवन- चितवन २ मा भएको उपनिर्वाचनको मतगणना सोमबार दिउसो १ बजेदेखि गर्ने सहमति भएको छ। बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

यसअघि नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ)ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो ।

कांग्रेसले सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान लिएको थियो।  कांग्रेसको उक्त अडानमा एमालेले पनि समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement