काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को १५ औं खेलमा चितवनले सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो ।
चितवनका लागि सर्वाधिक हसन इशाखिलले अर्धशतक (६५), विपिन रावलले १७, कुशल मल्लले १३, रवी बोपाराले ३६ रन जोडे भने ओपनर सन्तोस कार्की भने ९ रनमै आउट भए।
यस्तै बलिङमा कुगेलेइनले २ विकेट लिए भने माक्मलेन, दीपेन्द्र र जइबले समान १ १ विकेट लिए।
प्रतिक्रिया