चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउने तयारी

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउने तयारी


काठमाण्डु – नेपाली कांग्रेसले नेतृ चित्रलेखा यादवलाई राजदूत बनाउने भएको छ । राजदूत नियुक्ति समावेशी नभएको आवाज उठेपछि कांग्रेसले कांग्रेसकी पूर्व कोषाध्यक्ष समेत रहेकी नेतृ यादवलाई अष्ट्रेलियाको लागि राजदूत बनाउने भएको हो ।

उनले यसअघि मन्त्री र उपसभामुखको समेत भुमिका निर्वाह गरिसकेकी छिन् । कांग्रेसको कोटाबाट राजदूतमा कान्ता रिजालको नियुक्ति भएपनि उनको नाममा विवाद भएपछि अन्तिममा उनको नाम काटिएको थियो ।

परराष्ट्रमन्त्री आरजु देउवा राणाले यादवको नाम अघि बढाइसकेको स्रोतले बतायो । अवको मन्त्रीपरिषदको बैठकमा उनको नाममा निर्णय हुने सम्भावना छ ।