कालापनी फिर्ता ल्याउन मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : नेता केसी


धनगढी – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

dish home

बुधबार सुदूरपश्चिमको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका हुन् । ‘भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्छ, कूटनीतिक पहलबाट फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।’

पूर्वउपप्रधान मन्त्रीसमेत रहेका केसीले मिचिएको भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्न नसकेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस