चितवनका दुई तहमा एमाले अगाडि, तीन वटामा गठबन्धन अगाडी


काठमाण्डु – चितवनका पाँचवटा स्थानीय तहको मतगणना जारी छ । प्रारम्भिक परिणामअनुसार दुई तहमा एमाले अगाडि छ भने तीनवटामा गठबन्धनका मेयर उम्मेदवार अगाडि छन् ।

यस्तो छ प्रारम्भिक परिणम–

राप्ती नगरपालिकाको मेयरमा एमालेले २७४ मत ल्याएको छ । गठबन्धनले २०० मत पाएको छ । खैरहनी नगरपालिकामा गठबन्धन दल अगाडी रहेको छ ।

गठबन्धनले हालसम्म ९३ मत ल्याएको छ भने एमालेले ५९ मत ल्याएको छ । कालिका नगरपालिकामा एमाले ११९ र गठबन्धनदलले १२१ म्त ल्याएको छ ।

त्यस्तै माडी नगरपालिकामा गठबन्धनले १७९ र एमालेले १६३ मत ल्याएको छ । ईच्छाकामना गाउँपालिकामा एमाले ९४ र गठबन्धनले ८० मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement