चितवनमा नक्कली नोटका एक कारोबारी पक्राउ


काठमाण्डु – नक्कली नोटको कारोबार गर्ने एकजनालाई चितवन प्रहरीले प्रक्राउ गरेको छ । नक्कली नोटले पसलमा सामान किनेर फरार भएका युवकलाई प्रहरीले प्रक्राउ गरेको हो ।

मकवानपुरको राक्सीराङ–८ का २६ वर्षीय जीतबहादुर लोप्चनलाई पक्राउ गरेको चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनले ३ लाख २१ हजार नगदसहित उनलाई पक्राउ गरेको हो ।

राप्ती नगरपालिका–५ चौकीडाँडामा १२ हजार नक्कली नोट सहित पक्राउ गरेको थियो । लोप्चनको घर खानतलासी गर्दा बाँकी नोट घरमा लुकाइ रहेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खाजा खाएबापत रकम तिर्न नक्कली नोट दिएपछि लोप्चन पक्राउ परेका हुन्।  उनलाई अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement