काठमाण्डु-चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा गएको पहिरोले दुई वटा बस बगाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ ।
काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका हुन् ।
सिमताल भन्ने ठाउमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा बस बगाएको थियो । सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ ।
काठमाडौँबाट गौर तर्फ आउने क्रममा मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालको पहिरोमा परेर बेपता भएको गणपति डिलक्स बसमा सवार २८ जना यात्रु बेपता भएको खुलेको छ ।
बसमा रहेका ३१ यात्रु मध्ये ३ जनाले भने हामफालेर ज्यान जोगाएका छन् ।
बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही नगरपालिका करुनियाका २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीन जनाले हामफालेर ज्यान जोगाएका हुने ।
उनीहरूलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्याइएको छ । उनीहरू तीनै जना सकुशल रहेका छन् ।
प्रतिक्रिया