चितवन-२ मा रवि लामिछाने ७ हजार ३९२ मतले अगाडि


चितवन – चितवन-२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरले अग्रस्थानमा रहेका छन् ।

लामिछानेले १३ हजार ६४१ मत ल्याउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ६ हजार २४९ मतका साथ दोस्रो स्थानमा छन् । सत्तारुढ गठबनध्नबाट उम्मेदवार रहेका कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत ल्याएका छन् ।

लामिछानेले प्रतिस्पर्धी दुई उम्मेद्वारले ल्याएको कुल मतभन्दा पनि धेरै मत ल्याएका छन् । चितवन–१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल अगाडि छन् । ढकालले १४ हजार २९९ मत ल्याउँदा सत्तारुढ गठबन्धनबाट कांग्रेसका विश्वनाथ पौडेलले १० हजार ६२९ र एमालेका सुरेन्द्र पाण्डेले १० हजार ३८४ मत ल्याएका छन्

प्रतिक्रिया दिनुहोस
Advertisement