चितवनमा रवि लामिछानेकाे अग्रता कायमै


चितवन- चितवन-२ को मतगणना चलिरहेको छ । सुरुवातमा इच्छाकामना गाउँपालिका-१ र ५ को मतगणना भैरहेको छ । चितवन-२ मा कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २२ उम्मेदवार छन् ।

रबि लामिछानेले १४९२ मत ल्याएका छन् । पहिले अग्रता बनाएका एमालेका रामप्रसाद न्यौपानेले ११३३ मत प्राप्त गर्दा कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement