डेपुटी फोर्स कमाण्डर ढकाल र घिमिरे सेनाको उपरथीमा बढुवा

डेपुटी फोर्स कमाण्डर ढकाल र घिमिरे सेनाको उपरथीमा बढुवा


काठमाण्डु – नेपाली सेनाका दुई जना सहायकरथी उपरथीमा बढुवा भएका छन् । बढुवा हुनेमा सहायकरथी चोकबहादुर ढकाल र पवन घिमिरे रहेका छन् ।

घिमिरे २७ बेसिकका र ढकाल २८ बेसिकका सैनिक अधिकारी हुन् । उपरथीमा बढुवा भएका ढकाल अहिले शान्ति स्थापनार्थ लेवनान मिसनमा डेपुटी फोर्स कमाण्डरका रुपमा कार्यरत छन् ।

शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले उनिहरुलाई उपरथीमा बढुवा गरेको हो । बढुवा भएका ढकाल र घिमिरेलाई सोमबार प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ ।