महाअभियोग समितिले माग्यो चोलेन्द्रविरुद्धका प्रमाण


काठमाण्डु – महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगसँग सम्बन्धित प्रमाण माग गरेको छ ।

समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी तीन दिनभित्र उपलब्ध गराइदिन सम्बन्धित व्यक्ति तथा निकायसँग आग्रह गरेको हो ।

प्रधानन्यायाधीश जबराविरुद्ध संविधानको धारा १०१ को उपचार २ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ बमोजिम एक चौथाई भन्दा बढी सदस्यले महाभियोग प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement