१५ भदौमा जबरालाई सोधपुछका लागि बोलाउने महाभियोग सिफारिस समितिको निर्णय


काठमाण्डु- प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भदौ १५ गते सोधपुछ गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको हो । महाअभियोग सिफारिस समितिले बुधबार पारित गरेको कार्यतालिकामा १५ भदौको विहान ११ बजे जबरालाई सोधपुछका लागि बोलाउने उल्लेख छ ।

त्यसअघि ९ देखि १२ भदौसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने उक्त समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले बताए । १ फागुनमा सत्तारुढ दलका सांसदले विभिन्न २१ वटा आरोप लगाएर जबराविरुद्ध महाअभियोग दर्ता गरेका थिए । यसपछि २२ फागुनमो महाअभियोग सिफारिस समिति बनाएको प्रतिनिधिसभामा २९ फागुनमा पेस गरिएको थियो ।

२२ साउनमा महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर महाअभियोग सिफारिस समितिमा पठाइएको थियो । समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा। शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement