चोरीएका सुनका गहनासहित काठमाण्डुबाट २ जना पक्राउ

चोरीएका सुनका गहनासहित काठमाण्डुबाट २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–  चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडाैं बाट २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जनकपुर घर भई हाल छ्सेपाखा बस्ने वर्ष ३८ का दीपक खड्का र मकवानपुर घर भई हाल मरुहिटी बस्ने  २७ वर्षीय निरज बि.क रहेका छन् । 

उनीहरुले गत साउन २१ गते गुल्मी घर भई काठमाडौंको ज्ञानेश्वर भैरव मार्ग बस्ने राजु नेपालीको कोठा फुटाई सुनको गर गहना र नगद चोरी गरेका थिए । घटना लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत मालिगाँउबाट बाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई मंगलबार काठमाडौं २० न्युरोड बाट पक्राउ गरेको थियो । 

प्रहरीले उनीहरुको साथबाट सुनको ३ वटा औंठी, २ वटा सिक्री, टप, ब्रास्लेट, तिलहरी, चाँदीको पाउजु, चोरीमा प्रयोग भएको औजार लगायतका सामान बरामद गरेको छ । 

उनीहरुमाथि थप अनुसन्धान भई रहको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।