अछाममा अवैध रुपमा बहुमुल्य जडिवुटीहरु तथाबन्यजन्तु चोरी निकासी


अछाम– अछामका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा बहुमुल्य जडिवुटी तथा बन्यजन्तु चोरी निकासी दिन प्रतिदिन वढ्दै गईरहेको छ । जिल्लाका विभिन्न वन क्षेत्रमा पाईने जडीबुटी टिमुर, तुलसी, कचुर, सतुवा, भोलाटाप्रे, मूलापाते, दमकेर्न, हातपसारो, पाँचऔले, सेल पाहाडी, जस्ता बहुमुल्य जडीवुटीहरु चोरी निकासी भईरहेको स्थानीयले बताएका छन् ।

पछिल्लो समय वनमा आगलागी भएको र वन्यजन्तु भागेर सुरक्षित स्थान खोज्दै आगलागी नभएको वन क्षेत्रमा जाने गरेकाले शिकारीले मौकाको फाईदा उठाउदै अबैध शिकार गर्ने गरेको मालीका सामुदायीक वनका कार्यवाहक अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले बताए ।

सामुदायीक वन भित्र बहुमुल्य जडिवुटी तथा बन्यजन्तु चोरी निकासी गरेको पाइएमा ऐन अनुसार कडा कारहि गरिने भन्दै भण्डारीले बन्य जन्तु चोरी निकासी नगर्न सबैलाई आग्रह गरे । १२ बण्ड र १८ खण्डको नामले चिनिने रामाराशन क्षेत्रमा दिन प्रति दिन बहुमुल्य जडिवुटी र बोटविरुवाहरुको चोरी निकासी भईरहेको भए पनि सम्बन्धित निकायले रोक्नन सकेको स्थानीयले आरोप लगाएका छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा पाईने कालिज, मृग, घोरल, कोईरेल, बँदेल, बाघ, भालु जस्ता जंगली जनावरहरुको पनि दिन प्रति दिन चोरी सिकारी भईरहेको स्थानीयको गुनासो छ । सिकार गरेर ल्याएपछि बिभिन्न होटेल, पसल सञ्चालक र विशेष व्यक्तिहरूलाई बोलाएर महँगोमा यसको मासु बिक्री गर्ने र कति पयले त्यही विभिन्न परिकार बनाउने गरेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement