माओवादीमा खड्का समानूपातिकबाट सांसद बने,हितराज पाण्डेको नाम काटियो


काठमाडौं – नेकपा माओवादी केन्द्रले गोरखा इन्चार्ज रहेका नेता चुंडामणी खड्कालाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । खड्कालाई अपांगको कोटाबाट सांसद बनाएपछि पुर्व मन्त्री समेत रहेका माओवादी नेता हितराज पाण्डेको नाम काटिएको छ ।

खस आर्य पुरुष क्लस्टरमा एक नम्बरमा नाम रहेका पाण्डेको नाम राखेर माओवादीले यसअघि सुची बुझाएको थियो । तर, निर्वाचन आयोगले सूची सच्याउन पत्र लेखेपछि खड्काको नाम परेको हो भने पाण्डेको नाम सूचीबाट हटेको छ ।

अपांग कोटाबाट सांसद सिफारीस भएका खड्काको द्धन्द्धकालमा खुट्टामा चोट लागेको थियो । गत वर्षसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव रहेका खड्का माओवादीका पोलिटब्युरो सदस्य हुन । गोरखा घर भएका खड्का पार्टी अध्यक्ष प्रचण्डका नातेदार समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement