गाडीबाट बल्दै गरेको चुरोट फ्याकेमा ८ लाख जारिवाना !


क्यानबेरा– तपाइले देख्नु भएको होलाकी गुडीरहेको गाडिमा बसेर मानिसले चुरोट पिएर त्यसलाई गाडिबाट बाहिर फ्याकेको । यो व्यापक हानिकारक हुन सक्छ । किनकी चुरोटको सूर्ति नसकिएको अवस्थासम्म योे बलिनै रहन्छ ।

यसबाट हुने नोक्सानीबाट बच्नका लागि अस्ट्रेलियामा एक नयाँ नियम लागु हुन गइरहेको छ । यो नियमका अनुसार यदी कोही ड्राइभरले गाडिबाट बल्दै गरेको चुरोट फ्याकेको फेला परेमा उसलाई ११ हजार अस्ट्रेलियन डलर अर्थात् ८ लाख रुपैयाँको जरिवाना लगाइने छ ।

मिडियामा आएको समाचार अनुसार अस्ट्रेलियाको न्यू साउथ वेल्समा शुक्रबारदेखि यो नयाँ नियम लागु हुनेछ । यो नियम केबल ड्राइभरलाई मात्रै होइनकी गाडीमा बस्ने यात्रीका लागि पनि लागु हुनेछ । यात्रीमाथि लगाइने जरिवानको रकम १३२० अस्ट्रेलिनय डलर अर्थात १ लाख ६० हजार नेरु हुनेछ ।

ड्राइभर र यात्रीबाट यो जरिवाना टोटल फायर ब्यानको समयमा कुनै पनि किसिमको आगो बाल्न प्रतिबन्धको समयमा असुलिने छ । टोटल फायर ब्यान मौषम अत्यन्त खराब भएको समयमा लागु गरिनेछ ।

यो अवधिमा यदी कुनै व्यक्ति खुला ठाउँमा आगो लगाउदै गरेको अवस्थामा पक्राउ परेमा उसमाथि पनि यो नियम लागु हुनेछ । तर पछिल्लो अवस्थमा पक्राउ परेका व्यक्तिमा यो जरिवान कति हुन्छ भन्ने विषय अझै स्पष्ट भएको छैन ।

आगो प्रतिबन्धको समयमा जरिवानका अतिरिक्त ड्राइभरलाई उसको लाइसेन्समा पनि १० डिमेरिट अंक पनि दिइन्छ । आगो प्रतिबन्ध नभएको समयमा ५ डिमेरिट अंक दिइनेछ ।

सरकारी विज्ञप्तिका अनुसार २०१९ मा न्यू वेल्समा २०० भन्दा बढी व्यक्ति आफ्नो गाडिबाट बल्दै गरेको चुरोट फ्याकेको अवस्थामा पक्राउ परेका थिए ।

यस्तै सानो सानो कारणबाट अस्ट्रेलियामा कहिलेकाहीँ भयंकर आगो लागेकाले यस किसिमको नियम लागु गरिएको हो । आगलागीका कारण अस्ट्रेलियामा लाखौ–करोडौको नोक्सानी हुदै आएको छ ।

यो वर्ष मात्रै जंगलमा लागेको आगोका कारण अस्ट्रेलियामा ५० करोड भन्दा बढी जनावरको मृत्यू भएको थियो । यसका अतिरिक्त सैयौ मानिस घरविहिन समेत भएका छन् ।

हाल भने अस्ट्रेलियाको आगोलाई नियन्त्रणम लिइसकेको छ । वर्षाले आगो नियन्त्रणमा लिनका लागि ठूलो सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement