२ हजार थान हतियारसहित नेपाल आउन लागेका सीआईएका प्रमुखको भ्रमण नेपाल सरकारद्धारा अस्वीकृत


काठमाण्डु – नेपाल सरकारले अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का प्रमुख निर्देशक विलियम्स जोसेफ बन्र्सको नेपाल भ्रमण अस्वीकृत गरेको खुलासा भएको छ ।

बन्र्स श्रीलंका हुंदै नेपाल भ्रमणमा आउने तयारीमा थिए । उनको भ्रमणको प्रस्ताव फागुन ३ र ४ गतेको लागि गरिएको भएपनि सरकारले भने अहिले अनुपयुक्त समय भएको भन्दै स्थगित गरेको हो ।

सीआई प्रमुखको भ्रमणको बेला अमेरिकी सेनाको सी १७ जहाज २ हजार थान हतियार र अत्याधुनिक गाडी समेत ल्याउने प्रस्ताव गरिएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा.विमला राई पौडेलको तहबाटै भ्रमण स्थगित गरिएको हो । बर्नको जहाजसंगै आएको उक्त हतियार नेपाली सेनाले खरिद गरेको रहेको सैनिक स्रोतले जानकारी दियो ।

बर्नको भ्रमणको लागि नेपाल सरकारले स्वीकृती नदिएपछि अमेरिकी अधिकारीहरु असन्तुष्ट भएका छन् । उनी फागुन ३ गते बेलुकी आरसिएच २३० र आरसिएच २३१ नम्बरको जहाजबाट ६ः३० मा अवतरण हुने र फागुन ४ गते दिउंसो १ : १५ मा फर्कने तयारीमा थिए ।

उनलाई नेपाल सरकारले भ्रमणको लागि निम्तो नदिएको भएपनि उनि स्वस्फूर्त नेपाल आउन खोजेका थिए । तर, सरकारले स्वीकृती नदिएपछि उनि श्रीलंकाबाटै फर्केका हुन् ।

अमेरिकाबाट यसअघि राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्ड, यूएसआईडी प्रमुख समान्ता पावर र दक्षिण एसिया मामिला ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरको भ्रमण भइसकेको छ ।

२०२१ मा सीआईको निर्देशकमा नियुक्त भएका बन्र्स अमेरिकामा प्रभाव राख्ने व्यक्तिमध्ये पर्छन् । उनि यसअघि राजदूत, विदेश उपमन्त्री र राजनीतिक मामिलासम्बन्धी उपमन्त्री समेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement