भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ५ जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै बुधबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसमेत ५ जनाउपर गैरकानुनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्च्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)को बमोजिमको कसुरमा बिगो चार करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना कायम गरी आरोपपत्र दायर गरिएको छ ।